काठमडौ २८ मंसिर । म्याग्दीको बेनीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको भएको छ ।
बेनी नगरपालिका– १३ सिंगा तातोपानीमा गएराति ना ५ ख २८९८ नम्बरको माइक्रोबस दुर्घटना हुँदा चालक बेनी नगरपालिका– १३ तातोपानीका ३५ वर्षीय प्रेमबहादुर बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गम्भिर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, बेनीमा उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक हीराबहादुर गिरीले जानकारी दिनुभयो ।
माइक्रोबस सडकदेखि ५० मिटर तल म्याग्दी नदी किनारमा खसेको थियो । बेनी–जोमसोम रुटमा चल्ने माइक्रोबस लिएर चालक बानियाँ घर गएका थिए । बसमा चालकमात्रै रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline