मधेस आन्दोलनको समर्थनमा राजधानीमा जुलुस र सभा

मधेस आन्दोलनको समर्थनमा राजधानीमा जुलुस र सभा

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, मंसिर २७ ।  मधेस आन्दोलनको समर्थन गर्दै नयाँ शक्ति निर्माण अभियानसहित मधेसी मोर्चासहितको संघीय गठबन्धन र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आज राजधानीको शान्तिबाटिका र भद्रकालीबाट जुलुस निकालेका छन् ।

जुलुस नयाँ सडकमा पुगेर संयुक्त विरोधसभामा परिणत भएको थियो । विरोधसभामा सहभागी वक्ताहरुले मधेस आन्दोलनको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले मधेसको समस्याको समाधान भारतबाट नभई नेपालभित्रै खोजिनुपर्नेमा जोड दिए ।

बहुसंख्यक नेपालीको राय सुझावलाई बेवास्ता गरी केही दलका केही नेताहरुको मात्र तजबीजमा संविधान जारी भएको भन्दै उनीहरुले त्यो आफूहरुलाई स्वीकार्य नहुने बताए ।

उनीहरुले नयाँ संविधानले सबैलाई समेट्न नसकेकै कारण मुलुक चरम संकटमा फसेको भन्दै तत्काल संविधानमा संशोधन गरी मधेसी, थारु, जनजातिलगायत सबैको मागलाई सम्बोधन गर्नुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ