व्यावहारिक आर्थिक रुपान्तरणका लागि नयाँ सोच र शक्ति – डा भट्टराई

व्यावहारिक आर्थिक रुपान्तरणका लागि नयाँ सोच र शक्ति – डा भट्टराई

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

दाङ, २७ मङ्सिर । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले नेपालको गरिबी र बेरोजगारी अन्त्य गर्न आर्थिक क्रान्तिमा ध्यान दिनुपर्ने बताउनु भएको छ ।

नयाँ शक्ति अभियान दाङले आज घोराहीमा आयोजना गरेको वर्तमान सङ्कट समाधानमा नयाँ शक्तिको आवश्यकता विषयक बृहत् अन्तक्र्रियामा बोल्दै डा भट्टराईले गरिबी र बेरोजगारी हटाउन निर्वाहमुखी व्यवसायलाई आधुनिक अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

कागजमा धेरै परिवर्तनका कुरा लेखिसकिएको भन्दै संयोजक डा भट्टराईले अब व्यावहारिक आर्थिक रुपान्तरणका लागि नयाँ सोच र शक्तिको आवश्यकता रहेकामा जोड दिनुभयो । डा भट्टराईले भन्नुभयो– “निर्वाहीमुखी कृषि र व्यवसायलाई औद्योगिकीरण गर्दै आधुनिक अर्थतन्त्रसँग जोड्नैपर्ने हुन्छ, त्यसैका लागि नयाँ शक्तिको उदय भएको हो ।”

नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत (माओवादी)मा आफूले अहिले खासै फरक नदेखेको टिप्पणी गर्दै डा भट्टराईले पुरानै पार्टीबाट आर्थिक विकास र परिर्वतन नहुने ठोकुवासमेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ