मंसिर २७, २०७२/ नेपाली कलाकारहरुको संगठन नेपाल कलाकार संघको अध्यक्षमा रामकेशर बोगटी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बोगटीले लय संग्रौलालाई पराजित गरेका हुन् । संघका निवर्तमान महासचिव बोगटीको पक्षमा २३८ मत परेको थियो भने संग्रौलाका पक्षमा १६० मत पर्यो ।
संघको उपाध्यक्षमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भएका छन् भने महासचिवमा सरिता लामिछाने विजयी भइन् । सचिवमा चेतबहादुर सिंह र कोषाध्यक्षमा विमला केसी विजयी भइन् । सह कोषाध्यक्षमा नन्दिता केसी सर्वसम्मत भएकी छन् ।
कार्यसमितिका १० सदस्यमा गजित विष्ट, शिवहरि पौडेल, सविन श्रेष्ठ, देविराम पराजुली, अशिष्मा नकर्मी, विष्णुप्रसाद सापकोटा, कविता गेलाल शर्मा, शिवहरि बैरागी र धनबहादुर बमजम निर्वाचित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline