पूर्वका तीन जिल्ला प्रदेश नम्बर १ बाट नछुट्याउन माग गर्दै बन्द आह्वान

पूर्वका तीन जिल्ला प्रदेश नम्बर १ बाट नछुट्याउन माग गर्दै बन्द आह्वान

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमडौ २७ मंसिर । 

अरुण पूर्वको तीन जिल्लालाई प्रदेश नम्बर १ बाट छुट्याउन नहुने भन्दै संघीय लिम्बुवान पार्टीको एक पक्षले आह्वान गरेको बन्दका कारण पूर्वका नौं जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

सुनसरी, मोरङ र झापालाई प्रदेश नम्बर १ बाट छुट्याउन नहुने र अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान प्रदेश घोषणाको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालको असन्तुष्ट पक्षले अनिश्चितकालीन बन्दको आह्वान गरेको हो ।

बन्दका कारण सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा, संखुवासभा र ते¥हथुम जिल्लाको जनजीवन प्रभावित बनेको छ । त्यस क्षेत्रमा उद्योग, कलकारखाना, विद्यालय, क्याम्पस र यातायात ठप्प रहेका छन् ।

लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले मधेसी मोर्चासँग गठबन्धन गरी आन्दोलनमा मिलेमतो गरेको आरोप लगाउदै असन्तुष्ट पक्षले बन्द आह्वान गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ