काठमाडौ २७ मंसिर । पटक पटक अवरुद्ध हुदै आएको व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ ।
बैठक अपरान्न ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा भूकम्पपछिको पुनरनिर्माण सम्बन्धी विधेयक प्रस्ताव पेश गर्ने कार्यसुची रहेको छ ।
बैठक अघि तराईका समस्या समाधानका लागि भन्दै कांग्रेसले जोड दिएको संविधान शंशोधन विधेयक संसदमा पेश गर्ने विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेशी मोर्चाबीच छलफल हुने एक नेताले बताएका छन् ।
कांग्रेसले आफ्नो नेतृत्वको सरकारले पेश गरेको संविधान शंशोधन विधेयकलाई पनि कार्यसुचीमा राख्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
मोर्चा आवद्ध दलले भने अघिल्लो सरकारका पालामा तयार पारिएको संशोधन विधेयकले आफूहरुका माग सम्बोधन हुन नसक्ने भन्दै विधेयकमा भाषा मिलाउनुपर्ने माग गर्दै आएका छन् ।
कांग्रेसले पुनरनिर्माण विधेयकसँगै शंशोधन विधेयक पनि ल्याउनुपर्ने बताएपछि संसदको पछिल्ला बैठक अवरुद्ध हुँदा पुनरनिर्माण सम्बन्धी विधेयक पास हुन सकेको छैन ।