कुन कुन मन्त्रीले ठीक ढंगले काम गरेनन् एमाओवादीका ?

कुन कुन मन्त्रीले ठीक ढंगले काम गरेनन् एमाओवादीका ?

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

मंसिर २६, काठमाडौं ।  एकीकृत माओबादीले सरकारमा पार्टीका मन्त्रीको भुमिका प्रभावकारी नभएको निष्कर्ष निकालेको छ ।

सो पार्टीका स्थायी समति सदस्य र मन्त्रीको संयुक्त बैठकले महत्वपुर्ण मन्त्रालय पाएपनि कामकारवाही सन्तोषजनक हुन नसकेको निष्कर्ष निकालेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मन्त्रालयका काम प्रभावकारी बनाउन निर्देशन दिनु भएको थियो ।

भुकम्पपिडितको कोटामा आफन्त, नेताका नातेदार र पार्टी कार्यकर्तालाइ चीन भ्रमणमा पठाएकोमा गृहमन्त्री शक्ति बस्नेत सहित समग्र नेतृत्वको अलोचना भएपछि एकिकृत माओबादीले आज स्थायी समिति बैठक बोलाएको हो ।

लाजिम्पाट स्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकमा सरकारको प्रभावकारीताबारे समग्र रुपमा समिक्षा भएको स्थायी समिति सदस्य एवं वनमन्त्री अग्नी सापकोटाले जानकारी दिनुभयो ।

आज समिक्षा मात्र भएको भन्दै अर्को बैठक बसेर ठोस निर्णय गर्ने उहाँको भनाइ छ । बैठकमा केहि सदस्यले पार्टीको वदनाम गरेको भन्दै गृहमन्त्री वस्नेतको आलोचना गरेका थिए ।
त्यसै गरी वाणिज्य मन्त्रीले समेत प्रभावकारी काम नगरेको गुनासो आईरहदा वाणिज्य मन्त्री गणेशमान पुनका स्वकिय सचिवमा नियुक्त गरिएका अर्जुन पाठक प्रचण्डका ज्वाई परेकाले उनले नै बढी हर्ताकर्ताको काम गरेको पनि गुनासो उठेको एक सदस्यले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ