माइक्रोबस पल्टिँदा चालकसहित २१ घाइते

माइक्रोबस पल्टिँदा चालकसहित २१ घाइते

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES
फाइल तस्विर

धनकुटा, २६ मङ्सिर । धनकुटाको च्याङ्च्याङबारीमा आज माइक्रो बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।

तेह्रथुमको बसन्तपुरबाट झापाको दमकतर्फ जाँदै गरेको वा२ख ९९६३ नंको माइक्रोबस दिउँसो करिब १२ बजे कोसी राजमार्गको धनकुटा–मूलघाट सडकखण्डस्थित धनकुटा नगरपालिका–१५ च्याङ्च्याङबारीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक, सहचालकसहित २१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये छजनाको अवस्था गम्भीर छ । उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बस पल्टिँदा मूलघाटबाट धनकुटातर्फ आउँदै गरेको को२२प २१०३ नंको स्कुटरलाई समेत ठक्कर दिएको थियो ।

ओरालो बाटोमा ब्रेक फेल भएर अनियन्त्रित भई भित्तामा ठोक्किएर माइक्रो बस पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परेको माइक्रो बस पूर्णरुपमा क्षति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ