अप्ठेरो परिस्थितिमा सबै दल मिलेर अघि बढ्नुपर्छ – प्रम ओली

अप्ठेरो परिस्थितिमा सबै दल मिलेर अघि बढ्नुपर्छ – प्रम ओली

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

बनेपा, २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न पुनः आह्वान गर्नुभएको छ ।

नेकपा (एमाले) काभ्रेको नवौँ जिल्ला अधिवेशनको आज बनेपामा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भूकम्पका कारण देश अप्ठेरो परिस्थितिमा छ । यस्तो बेला आरोप प्रत्यारोप गर्ने बेला होइन, मिलेर अघि बढ्नुपर्छ ।” । उहाँले भन्नुभयो, “नाकाबन्दीले जनजीवन कष्टकर भएको छ । त्यसैले हामी विकासमा पनि पछि परेका छौँ ।”

प्रधानमन्त्री ओलीले नयाँ संविधानले सबैलाई अधिकार र अवसर दिएको उल्लेख गर्दै संविधानले दाल र चामल बुझाउने काम गर्दैन भन्नुभयो ।

उहाँले नेपाली काँग्रेसलाई लक्षित गर्दै सरकार असफल पार्छु भनेर लागे पनि संसद् र सरकार दुबै अघि बढ्ने बताउनुभयो । उहाँले सहमति पनि गर्ने र अर्को दिन फेरि अर्को कुरा गर्ने परिपाटीले भान्साघरमा केटाकेटी झगडा गरेको चरितार्थ भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संविधान बनाउन सबै दललाई घिसारेर ल्याएकाले केही दल रिसाएको बताउँदै एमालेको विरोध गर्नेले प्रतिपक्षमा बस्ने अभ्यास गरे हुन्छ भन्नुभयो ।

उहाँले एक वर्षभित्र मुुलुकलाई लोडसेडिङमुक्त गर्न पूर्वाधारको विकास हुने जानकारी दिँदै काठमाडौँमा विस्तारै बिजुलीका कार र बस गुड्छन्, कोदारी राजमार्गको स्तरोन्नति हुनेछ, वायूबाट बिजुली निकाल्ने प्रविधि र सौर्य ऊर्जाको पनि विकास गरिनेछ भन्नुभयो ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले सरकारको प्राथमिकता सङ्घीय गणतन्त्रात्मक संविधानको कार्यान्वयन भएको उल्लेख गर्दै वार्ताबाट समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सांसद विदुर सापकोटाले काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउन आग्रह गर्नुभयो ।

सांसद तथा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष रामहरि सुवेदीको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका पूर्व अध्यक्ष गोकुल बाँस्कोटालगायतले अधिवेशनबाट सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।

दुई दिनसम्म चल्ने अधिवेशनमा एक हजार एकसय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ