सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २५ मंसिर ।  सिरहाको गोलबजारमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ६ मा स १ त १८४५ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मृत्यु हुनेमा स्थानीय २५ वर्षीय कुुसे साह रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ