हवाई मैदान निर्र्माणमा ढिलाइ

हवाई मैदान निर्र्माणमा ढिलाइ

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

उदयपुर, २४ मङ्सिर ।

जिल्लाको जोगीदह–६ स्थित रुपनी नजिकै निर्माण हुने तयारीमा रहेको सगरमाथा हवाई मैदान नागरिक उड्डयन मन्त्रालय तथा हवाई विभागका प्राविधिकहरुका कारण निर्माणमा ढिलाइ हुने भएको छ ।

जोगीदहमा निर्माण हुने भनिएको सगरमाथा हवाई मैदान तीन वर्षअघिदेखि नै प्राविधिकहरुबाट नापजाँच गरेर नक्सा पाससमेत भएको थियो । मौसम तथा वातावरणको विषयमा हवाई विभागबाट नै जाँच गर्न ढिलाइ भएपछि अझै पनि मैदान निर्माण सुरु हुने छाँटकाँट देखिदैन ।

करिब एक हजार ५५० मिटर लम्बाइ र ४५० मिटर क्षेत्रफल चौडाइ रहेको उक्त हवाई मैदान क्षेत्र निर्माणका लागि यसअघि नै रु ८० लाख बजेट विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रबाबु बस्नेत बताउनुहुन्छ । प्राविधिक पक्षको विलम्बका कारण निर्माण कार्य अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

मैदान निर्माणका लागि वन क्षेत्रका रुख तथा स्थानीयवासीको बसोबास क्षेत्रसमेत हटाएर तयारी अवस्थामा राखिएको छ । प्राविधिकले काम नगर्नुमा भूकम्पको प्रभाव तथा लामो समयसम्म जारी बन्द हडताल हुनसक्ने उपभोक्ता समितिका पदाधिकारीको भनाइ छ । जोगीदहमा सगरमाथा अञ्चलकै सबैभन्दा भरपर्दो र ठूलो मध्यमस्तरको विमान सञ्चालन गर्ने क्षमताको हवाई मैदान निर्माण गर्ने लक्ष्यका साथ काम थालनी भएको हो ।

हवाई सेवा सुरु हुन सके खोटाङ, भोजपुर र ओखलढुङ्गालगायतका जिल्लाका वासिन्दालाई सुविधा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी