२४ मंसिर जनकपुर / ऐतिहासिक एवम् धार्मिक नगरी जनकपुर क्षेत्रका सार्वजनिक शौचालय प्रयोगविहीन भएपछि सर्वसाधारण सार्वजनिकस्थलमा नै दिसापिसाब गर्न बाध्य भएका छन ।
जनकपुर उपमहानगरपालिका क्षेत्रमा २२ वटा सार्वजनिक शौचालय भएपनि एउटा पनि सार्वजनिक शौचालय प्रयोगमा छैनन ।नियमित सफाई एवं मर्मत नहँुदा सार्वजनिक शौचालय दुर्ग्न्धित बनेपछि प्रयोगविहीन भएका हुन । दुर्गन्धीत भएका कारणले सर्वसाधारणले शौचालय नगई सडक किनार र पर्खालको आड लागेर दिसापिसाब गर्ने गरेका छन ।
जनकपुर उपमहानगरपालिकाका अनुसार नगरमा शौचालयको प्रयोग गर्नेहरुको संख्या निकै कमी छ । जनकपुर नगरमा बसोबास गर्ने करिब ६२ प्रतिशतको शौचालय छैन । जसले गर्दा बाटो तथा नालाहरुमा नै दिसापिसाब गर्नेहरुको संख्या उल्लेख्य छ । जसका कारण जनकपुर नगर दुर्ग्न्धित बन्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline