सरकार र मोर्चाबीच साँझसम्ममा वार्ताको तयारी

सरकार र मोर्चाबीच साँझसम्ममा वार्ताको तयारी

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ, २४ मंसिर ।
सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज वार्ताको तयारी भएको छ ।

मधेश आन्दोलनका बारेमा छलफल गर्न भारत सरकारको निमन्त्रणमा दिल्ली गएका मोर्चाका नेताहरु स्वदेश  फर्किएपछि वार्ताको तयारी भएको हो । आज साँझसम्ममा प्रमुख तीन दल र मोर्चाका नेताबीच वार्ता हुने बालुवाटार स्रोतले जनाएको छ ।

सरकारसँग वार्ताअघि मोर्चाले आन्तरिक छलफल गर्ने बताएको छ । औपचारिक छलफल कार्यक्रम नभएपनि दिल्लीबाट फर्केका नेताहरुसँग अनौपचारिक कुरा हुने संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउतले जानकारी दिनुभयो ।

आन्दोलनका विषयमा परामर्श गर्न दिल्ली पुगेका मोर्चाका नेतालाई भारतले वार्ताबाटै समाधान खोज्न सुझाव दिएको थियो । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहित अरु नेताले समेत सरकारले प्रस्तुत गरेको तीन बुँदे प्रस्तावमा छलफल गरेर निकास निकाल्न सुझाव दिएपछि मोर्चाले आन्तरिक छलफल गरेर सरकारसँग वार्तामा बस्ने तयारी गरेको हो ।

संविधान संशोधन प्रक्रिया अघि बढाउने, राजनीतिक समितिमार्फत तीन महिनाभित्र सीमांकन विवाद टुंगो लगाउने तीन दलको साझा धारणा मोर्चाले अस्वीकार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ