एसएलसि दिने विद्यार्थिहरुलाई रेडियो र टिभिमार्फत पढाउने व्यवस्था 

एसएलसि दिने विद्यार्थिहरुलाई रेडियो र टिभिमार्फत पढाउने व्यवस्था 

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, २४ मंसिर । 

सरकारले एसएलसी परीक्षा दिने विद्यार्थीका लागि रेडियो र टेलिभिजन मार्फत पढाउने व्यवस्था मिलाएको छ ।

रेडियो नेपालबाट भोलीदेखि र नेपाल टेलिभिजनबाट २७ गते आइतबारदेखि पढाउने शैक्षिक जनशक्ति विकास केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार अनिवार्य सबै ६ वटै विषय अडियो र भिडियोमार्फत पढाइनेछ ।

भूकम्प र तराई–मधेसको आन्दोलन लगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई केन्द्रित गरी यो कार्यक्रम सञ्चालन गर्न लागेको गौतमले बताउनुभयो ।

रेडियोबाट पढाउने सामग्रीका लागि शैक्षिक जनशक्ति विकास केन्द्रले सामग्री तयार गरेको छ । रेडियो नेपालबाट हेरक दिन बेलुकी साढे सात बजेदेखि १५ मिनेट एसएलसी कक्षा सञ्चालन हुनेछ भने टेलिभिजनबाट हरेक आइतबार र सोमबार बेलुकी साढे ५ देखि ६ बजेसम्म आधा घण्टा पाठ्यक्रम प्रशारण गरिने छ ।

रेडियो नेपालमा भने पाठ्यक्रम पुनःप्रसारण गरिने छ । यो अभियानबाट तराईका आठ जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने अनुमान गरिएको छ । ती जिल्लाबाट ५६ हजार विद्यार्थीले एसएलसी दिँदै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ