विश्व मानवअधिकार दिवसका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

विश्व मानवअधिकार दिवसका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

  • बिहिबार, मंसिर २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २४ मङ्सिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सम्पूर्ण मानवजातिका साझा अधिकार सबैलाई सधैँभरि प्रत्याभूति गर्न यस दिवसले विश्वका सबै मुलुकलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९८४ पारित भएको आजको दिनलाई विश्व मानवअधिकार दिवसका रुपमा विश्वभर उल्लासपूर्वक मनाइरहेको यस सन्दर्भमा म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु”– सन्देशमा भनिएको छ ।
संयुक्त राष्ट्रसङ्घले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध पारित गरेको ५०औँ वर्षगाँठ विश्वभर मनाइरहेको यस वर्ष मानवअधिकारले ओतप्रोत नेपालको संविधान जारी हुनु नेपालीका लागि गौरवको विषय भएको राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।

नेपालको संविधान मानवअधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चितालाई जोड दिएको सन्देशमा उल्लेख छ ।

द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर हननका विषयका सम्बन्धमा सत्यतथ्य जनतामा ल्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसमेत गठन भई क्रियाशील रहेको र यसले नेपालमा मानवअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनको प्रक्रिया अझ सुदृढ हुने कुरामा आशावादी बनाएको सन्देशमा उल्लेख छ ।

मानवअधिकार दिवसले मानव मात्रलाई स्वतः प्राप्त हुने सम्पूर्ण अधिकार र स्वतन्त्रता सधैँभरि सबैको पहुँचमा पु¥याउन र सबैको आत्मसम्मानसहितको मर्यादित जीवन सुनिश्चित गर्न प्रेरणा प्रदान गरोस् भनी उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ