भ्रष्टाचार नियन्त्रणका लागि अदम्य साहसको आवश्यकता :प्रमुख आयुक्त कार्की

भ्रष्टाचार नियन्त्रणका लागि अदम्य साहसको आवश्यकता :प्रमुख आयुक्त कार्की

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २३ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारको जालोलाई तोड्न ठूलो झट्का, जोड र अदम्य साहसको आवश्यकता रहेको बताउनु भएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा आज आयोगको केन्द्रीय कार्यालय टङ्गालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचार हल्काफूल्का झट्काबाट अन्त्य हुन सक्दैन, यसका लागि ठूलो झड्का, ठूलै जोड र अदम्य साहसको आवश्यकता पर्दछ ।”

मुलुकमा नेपाली जनताले अपेक्षा गरेअनुरुपको अनुसन्धानको कार्य अघि बढिसकेकाले त्यो नरोकिने बताउँदै उहाँले भन्नुभयो, “त्यसका लागि जुनसुकै चुनौती र परिणति सहन र भोग्न परेपनि म तयार छु, विवेक र काममा अडिग छु, दावाका साथ भन्छु, कसैको मानमर्दन गर्ने गलत काम गरेको छैन ।”

समाजमा विकृतिजन्य कुरा जन्माउने, आर्थिक विकासको अनुभूति प्राप्त हुन नदिने मुख्य कुरा भ्रष्टाचार, सामाजिक भेदभाव र कुशासन नै हुन् भन्दै प्रमुख आयुक्त कार्कीले राजनीतिक तहमा भएको भ्रष्टाचारको कहिले छानबिन हुन्छ भन्ने पक्षले नै आयोगले राजनीतिक तहमा अनुसन्धानमा प्रवेश गर्न खोज्दा विरोध गरेका छन्, तर आयोगले त्यसलाई कुनैपनि हालतमा नरोक्ने प्रतिबद्धता जनाउनुभयो ।

सम्मान र विधिसम्मत ढङ्गबाट पछिल्लो समय केही व्यक्तिलाई अनुसन्धानको क्रममा बोलाइएको जानकारी दिँदै उहाँले तीमध्ये कसैलाई पनि छापामारेर अपमान गरेर अनुसन्धानको लागि ल्याइएको होइन भन्नुभयो ।

भ्रष्टाचारको आयतनलाई व्याख्या गर्न निकै कठिन हुने बताउँदै उहाँले आयोगले आग्रह र पूर्वाग्रहका आधारमा होइन, विधि प्रक्रिया पूरा गरेर अनुसन्धानका मूल्यमान्यताका आधारमा त्यसबाट आउने परिणामलाई सयौँ पटक सोचेर मात्र कारबाहीको दायरा अघि बढाउँदै आएको छ, भन्नुभयो ।

“विधि र विधिसम्मत हिसाबले काम गर्नका लागि म र आयोग सधैँ तयार छौँ, अनुसन्धानलाई अघि बढाउने काममा कसैसँग सम्झौता गर्दिनँ, बरु यसको लागि कुनैपनि मूल्य चुकाउन तयार छु, देशको लागि जीवन समर्पित गरिसकेको छु”–प्रमुख आयुक्त कार्कीले भन्नुभयो ।

राष्ट्रसेवक निजामती कर्मचारीलाई इङ्गित गर्दै उहाँले भन्नुभयो, “नेपाली जनतालाई जबसम्म समानरुपले सेवा र सुविधा उपलब्ध गराउन सक्दैनौँ, तबसम्म सरकारले नेपाली जनताको नाममा समन्यायिकरुपमा सेवा दिएको हो भन्न र मान्न सकिन्न ।”

प्रमुख आयुक्त कार्कीले भन्नुभयो, “अख्तियार तपाईँहरुको मित्र हो, तपाईँहरुको मनसाय राम्रो हो भने कामगर्ने क्रममा कहीँ कतै कमजोरी भए पनि डराउनु पर्दैन ।”

वैदेशिक रोजगारीमा हुने ठगीको अनुसन्धान र भूकम्पपीडितको राहत रकम वितरणको लागि आवश्यक पर्ने एकीकृत प्रतिवेदनको कामलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको सो अवसरमा जानकारी दिइयो ।

नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले सदाचारी भएर निष्पक्षताका साथ काम गर्ने हो भने कसैसँग नडराइ निर्भिकताका साथ कर्तव्यपालना गर्न सजग तुल्याउने बताउनुभयो ।

नगर्नुपर्ने काम गर्ने, गर्नुपर्ने काम नगर्ने, काम पन्छाउने प्रवृत्तिले भ्रष्टाचारलाई मलजल पु¥याइरहेको बताउँदै उहाँले सरकारले राम्रा कुराको थालनी गरेपनि जनतामा पु¥याउन सकिएन भने त्यसको कुनै अर्थ नरहने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नियमनकारी निकायको भूमिकालाई प्रभावकारी तुल्याउन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउन थप सहयोग गर्नुपर्ने खाँचो आँैल्याउनुभयो ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त कार्कीले जहिलेसुकै पनि र जहाँबाट पनि भ्रष्टाचारसम्बन्धी घटनाको सूचना दिनसक्ने गरी तयार गरिएको मोबाइलको स्वीच थिचेर सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको थियो ।

मध्य तराईका आठ जिल्लामा हँुदै नभएका विद्यालयको नाममा बर्सेनि विनियोजन हँुदै आएको रु पाँच अर्ब भन्दाबढी रकम आयोगको अनुसन्धानपछि दुरुपयोग हुनबाट रोकिएकोसमेत जानकारी गराइएको थियो ।

आयोगको वर्तमान नेतृत्वले २१२ जना जनशक्तिको दरबन्दी रहेको आयोगमा दरबन्दी बढाएर एक हजार पु¥याइएको तथा आयोगमा ३० हजारको सङ्ख्यामा परेका उजुरीमध्ये पाँच÷सात हजारको सङ्ख्यामा कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस र ३०० जनाको विरुद्ध मात्र मुद्दा दायर गरिएको जानकारी दिइयो ।

भ्रष्टाचार हुने मुलुकहरुको कोटीमा नेपाल अग्रणी स्थानमा रहेको छ । नेपालले भ्रष्टाचारविरुद्धको अभिसन्धिमा सन् २०११ फेब्रुअरी २३ मा हस्तक्षर गरेको थियो । आयोगले सदाचार, निष्पक्षता र निर्भिकताको नारा दिएर काम गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ