सर्वसाधारणलाई ठगी गर्ने सहकारी संचालक पक्राउ

सर्वसाधारणलाई ठगी गर्ने सहकारी संचालक पक्राउ

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ, २३ मंसिर/ठगी मुद्धामा फरार रहेका मकवानपुर दामन गाविस–७ स्थायी वतन भई काठमाडौँ अनामनगर डेरा गरी बस्ने ३० बर्षीय मिन बहादुर बस्नेतलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
मकवानपुर जिल्ला अदालतको २०७१ जेठ २७ को फैसला अनुसार ३२ लाख ९३ हजार ८ सय २४ जरिवाना र ३ बर्ष कैद सजाय हुने ठहर भई फरार रहेका बस्नेतलाई पक्राउ गरी प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतको आदेश बमोजिम कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।
मकवानपुर जिल्ला दामन गाविस–५ स्थित पालुङ बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको उपाध्यक्ष रहेका बस्नेत समेतले २०६२ साल देखि विभिन्न प्रलोभनहरु देखाई १ हजार १ जना सर्वसाधारणबाट बचत भएको ३ करोड ६२ लाख ३२ हजार ६६ रुपैयाँ ठगी गरेका थिए ।
संचालकहरुले सहकारी ऐन, नियम बिपरीत नियमित लेखापरिक्षण समेतको कार्य नगरी सर्वसाधारण बचतकर्ताहरुले बचत गरेको रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको थियो । त्यस्तै यस अघि सोही मुद्दाका प्रतिबादीहरु मध्ये तुलसी कुमारी बस्नेतलाई २०७२ असार ७ गते अनामनगरबाट र हरि बस्नेतलाई २०७२ असार ८ गते नयाँ नैकापबाट प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ