भक्तपुर,२३ मंसिर ।
नेपाली जनताका दलका अध्यक्ष हरिचरण शाहले वर्तमानमा राजनीतिक द्वन्द्व नेपाली काँग्रेस र एमालेले ल्याएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले बुधावार गरेको साक्षतकार कार्यक्रममा उहाँले संसदमा करिब दुई तिहाइको नजिक रहेको नेपाली काँग्रेस र एमाले मिलेर नयाँ संविधान निर्माण गरेको र त्यसैको परिणाम अहिले द्वन्द्व आएको बताउनुभयो ।
नेपाली नेताहरु भारतमा धाएर होइन स्वदेशमा नै बसेर मधेसको समस्याको समाधान गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो कहिले मधेसी नेता भारत धाउने कहिले मन्त्रीहरु मधेस धाउँदा समस्या जाहाँको तैँ रहेको हो ।
ठूला दलले सरकारले सञ्चालन गर्न नसकेको साबित भैसकेकाले अब नेतृत्व साना दलले गनुपर्ने भन्दै शाहले नेपालको इतिहासमा ठूला दल असफल साबित भैसकेको बताउनु भयो । अध्यक्ष शाहले भन्नुभयो वर्तमान राष्ट्रिय संकटको एक मात्र निकास वर्तमान सरकार बिघटन गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ ।
वर्तमान सरकार माले मसाले र मण्डलेको मिलेमतोमा बनेकाले नेपालको राज्य कोषको रकम समाप्त गर्न मात्र वर्तमान सरकार बनेको उहाँको आरोप छ ।
भारतले यसअघि पनि नाकाबन्दी गरेको र भविष्यमा पनि गर्नसक्ने प्रति वर्तमान सरकार बेलैमा सजक भएर नेपालमा नै आत्म निर्भर हुन सक्ने वैकल्पिक उपायको खोजी गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
उहाँले भन्नु भयो भारतले गरेको नाकाबन्दीको कुटनीतिक पहल गर्न कमल थापा जस्तै ब्यक्तिलाई पठाउनुले भारतले आफ्नो लाभको मात्र बिचार गरेको र नेपाल भित्रको समस्या नेपालमै समाधान गर्न नसकि भारत धाउने रोगकै कारण भारतले समेत आफ्नो पाएकको स्थान खोजेको उहाँको भनाई छ ।
उत्तर तर्फको नाका खोल्न सरकारले ढिला गरेको भन्दै शाहले भन्नु भयो नेपाल सरकारले कहिल्यै पनि दिर्घकालिन यौजना ल्याएर काम गर्न नसक्दा नेपाल दिन प्रतिदिन परनिर्भर बन्नु परेको र सबै दोष सरकारको रहेको उहाँको टिप्पणी छ ।
तराईमा कामदार वर्गको हित हुने काम गर्न राजनीतिक दलहरुले नसक्दा समस्या दिन प्रतिदिन बल्झिँदै गएको भन्दै उहाँले जहिल पनि मन्त्री बनेका तराईका नेताहरुले लाभ लिइरहेको आरोप लगाउनु भयो ।