कैलालीमा जङ्गली हात्तीको उपद्रो बढ्दै

कैलालीमा जङ्गली हात्तीको उपद्रो बढ्दै

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

धनगढी, २३ मङ्सिर ।

कैलाली जिल्लाको दक्षिण सीमावर्ती रतनपुरलगायतका गाविस क्षेत्रमा जङ्गली हात्तीको झुण्डले खेतमा लगाइएको बालीमा क्षति पु¥याएको छ ।

रातिको समयमा आउने हात्तीले केही हप्ताअघि मात्रै छरेको गहुँ, सिँचाइका लागि खेतमा राखिएको पम्पिङ्सेट, तरकारी बालीमा क्षति पु¥याउन थालेपछि हैरानी खेप्नुपरेको स्थानीयवासीले बताएका छन् ।

सीमापारी भारतको दुदुवा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको झुण्ड नजिकै रहेको कैलालीको बसन्ता वन क्षेत्रमा दिउँसोको समयमा चरनमा रहने गरेको बताइएको छ ।

जङ्गली हात्तीले उपद्रो मच्चाउन थालेपछि रातिको समयमा स्थानीयवासी आतङ्कित हुनथालेका छन् । यसअघि वर्षे धानबालीको समयमा पनि हात्तीले कैलाली जिल्लाको सीमावर्ती कैयौँ क्षेत्रको धानबालीमा क्षति पु¥याएका थिए । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ