मध्यपहाडी लोकमार्ग निर्माणको काम ठप्प

मध्यपहाडी लोकमार्ग निर्माणको काम ठप्प

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

बागलुङ, २३ मङ्सिर ।

भूकम्पका कारण प्रभावित बनेको मध्यपहाडी–पुष्पलाल लोकमार्गको निर्माण कार्य इन्धन अभावका कारण ठप्प भएको छ ।

लोकमार्गको बागलुङ खण्डमा गत साउनदेखि निर्माणको काम ठप्प छ । आयोजनाका इन्जिनियर कर्णसिंह कठायतले इन्धन अभाव हुँदा भइसक्नुपर्ने २० प्रतिशत काम पछि सरेको बताउनुभयो ।

इन्धन र निर्माण सामग्री आपूर्ति नहुँदा निर्माण कार्यमा बाधा पुगेको उहाँको भनाइ छ । चाडबाड मान्न घर गएका मजदुर फर्केका छैनन् । “यस्तै अवस्था रहे निर्माण कार्यको समयावधि लम्बिन्छ” कठायतले भन्नुभयो ।

लोकमार्गको रसुवा–नुवाकोट खण्डका डिभिजन प्रमुख रोहित बिसुरालले इन्धन अभावले निर्माण पूर्ण रुपमा ठप्प रहेको बताउनुभयो । “बल्लतल्ल आपूर्ति भएको इन्धन सर्वसाधारणले प्रयोग गरिरहेका छन्” उहाँले भन्नुभयो । रसुवागढी–केरुङ नाका भएर चल्ने गाडीको चाप बढेपछि इन्धन अभावका कारण सडकको स्तरवृद्धि गर्न नसकिएको उहाँले बताउनुभयो ।

सदरमुकामदेखि बिहुँसम्मको १३ किमी सडकको अढाइ वर्षअघि ठेक्का सम्झौता भए पनि अझै काम सुरु भएको छैन । बागलुङ खण्डको घोडाबाँधे–हटियाको २० किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी खण्डमा सडक विस्तार र कालोपत्रेको लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।

इन्धनको सङ्कट लम्बिदै गए हटिया–बुर्तिवाङ ४३ किलोमिटर सडक दुई वर्षमै कालोपत्रे गर्ने लक्ष्य पूरा नहुने आयोजनाले जनाएको छ । सडक विस्तार, स्तरोन्नति, पूर्वाधार तयारीलगायत पुल निर्माणको काम पनि ठप्प छ । बागलुङ खण्डमा पर्ने चौध पुलमध्ये सात वटा निर्माणको चरणमा छन् । ती पुल पनि समयमै नबन्ने देखिएको छ ।

मध्यपहाडी लोकमार्गसँगै अर्को राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य पनि इन्धन अभावले प्रभावित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी