काठमाडौ २३ मंसिर ।
भूकम्पपछिको पुनरनिर्माण सम्बन्धी विधेयक अघि बढाउने विषयमा छलफल गर्न संसदको विधायन समितिको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे पछि बस्ने बैठकमा भुकम्पपछिको पुनर्निमाण विधेयकमा देखिएको विवाद मिलाउने प्रयास गरिने बताइएको छ ।
पुननिर्माण प्राधिकरणको कार्यकारी निर्देशकमा प्रमुख दल कांग्रेस र एमालेबीचको विवादका कारण लामो समयदेखि विधेयक अघि बढ्न सकेको छैन ।
आजको बैठकमा पनि सहमति नजुटे विवादसहित नै विधेयक भोलि बस्ने संसदको बैठकमा पेश गर्ने तयारी भएको समिति सभापति गंगा चौधरीले जानकारी दिनुभयो ।
कांग्रेसले आफ्नो नेतृत्वको सरकारमा संसदमा पेश गरेको विधेयक संसोधन नगरी पहिलेकै नेतृत्वलाई निरन्तरता दिने गरी पास गर्नुपर्ने अडान राखेको छ भने एमालेले संसोधन नगरी अघि बढ्न नसक्ने बताउँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline