राजधानीको बालाजुमा ट्रकको ठककरबाट साइकलयात्रीको मृत्यु

राजधानीको बालाजुमा ट्रकको ठककरबाट साइकलयात्रीको मृत्यु

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौ २३ मंसिर ।

काठमाडौंको बालालुमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बालाजु स्थित गंगाहल अगाडि बिहान पौने ६ बजे अल्फाबेट नखुलेको ६५ ९३ नम्बरको निलो मिनी ट्रकले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ६८ बर्षीय प्रेम नारायण मानन्धर रहेको महानगरिय प्रहरी वृत्त बालाजुले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका मानन्धरको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो ।

दुर्घटनापछि फरार रहेका ट्रक र चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ