काठमाण्डौ, २३ मंसिर ।
कालीगण्डकी ए जलविद्युत गृह ’पुनस्थापना’का नाममा नेपाल विद्युत् प्राधिकरणले विश्व बैंकसँग ऋण लिएर तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।
हरेक वर्ष सामान्य मर्मत हुँदै आइरहेको देशकै ठूलो यो विद्युत गृह उत्पादन सुरु भएको १३ वर्षपछि यसको बाँध लगायत संरचना नै बदल्ने, उपकरण फेर्ने गरी अनावश्यक खर्च हुन लागेको प्राधिकरण स्रोतले बताएको छ ।
कालीगण्डकीका यन्त्र उपकरण सामान्य मर्मत गरे पुग्नेमा प्राधिकरणले त्यसलाई हटाएर नयाँ उपकरण राख्न लागेको छ । प्राधिकरण स्रोतका अनुसार पुनस्र्थापना आयोजनाले मर्मत गर्न सकिने रनर, ब्याट्री भल्ब, टप कभर, बटम कभर, ट्रेस र्याक, जीएसआईजस्ता इलेक्ट्रो मेकानिकलका उपकरण पूरै फेर्न लागेको जनाईएको छ ।
मर्मतका क्रममा प्राविधिक रेखदेख गर्नका लागि मात्र प्राधिकरणले अमेरिकी परामर्शदाता एमडब्लूएच इन्टरनेसनललाई १३ करोड रुपैयाँ तिरेर नियुक्त गरिसकेको छ ।