मकवानपुरमा मुआब्जा माग्दै प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ

मकवानपुरमा मुआब्जा माग्दै प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ

  • बुधबार, मंसिर २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २३ मंसिर ।  

नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइनको हाइटेन्सन तार तान्ने क्रममा अबरोध गरेको भन्दै मकवानपुर प्रहरीले हेटौंडाको चौकीटोलका १२ जना स्थानीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केदार प्रसाद बतौला, किशोर ढकाल, बद्री जोशी, केशब श्रेष्ठ, कमला कडेल, भगवती तिमल्सिना, धनमाया गोले, गीता तिमल्सिना, पदमादेवी आचार्य, नविना धिताल, अनुराधा धिताल, राधा घिमिरे र निरमाया लामा रहेको प्रहरी उपरीक्षक मिरा चौधरीले बताउनुभयो ।

हेटौंडाको वडा नम्बर १ र २ मा पर्ने चौकीटोलका बासिन्दाले हाइटेन्सन तारतान्दा त्यसको मुनि पर्ने घर तथा जग्गा धनीलाई उचित मुआब्जा दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

२०४५ सालमा पञ्चायतकालिन समयमा हेटौंडा–कुलेखानी स्युचाटार १३२ केभी प्रशारण लाइनको पहिलो सर्किट बनाउँदा घरजग्गा माथिबाटै एक साइडको लाईन तानिएको थियो ।

तर अर्को साइडमा तार तान्नका लागि स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै २०६१ सालदेखि लाइन विस्तार गर्न सकेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ