तराई आन्दोलन बाह्य स्वार्थका कारण भएको नेता खनालको भनाई

तराई आन्दोलन बाह्य स्वार्थका कारण भएको नेता खनालको भनाई

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

चितवन, २२ मङ्सिर ।

नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तराई आन्दोलनमा बाह्य स्वार्थ जोडिएको बताउनुभएको छ ।

आज साँझ चितवनको सौराहामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आन्तरिक स्वार्थ भएकाले अहिलेसम्म समस्या समाधान भइसक्ने भएपनि बाह्य स्वार्थले गर्दा कुरा मिल्न नसकेको बताउनुभयो ।

उहाँले तीनवटा सङ्कट सहजरुपमा पार गरेको उल्लेख गर्दै यो चौथो सङ्कट पनि सहजरुपमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्का नेता माधवकुमार नेपालले मधेस आन्दोलनको औचित्य नभएको दाबी गर्दै एमालेलाई मधेस विरोधी दल भनेर गलत प्रचार गरिएको बताउनुभयो ।

मधेशवादी दलहरुले संविधानले जनतालाई दिएको अधिकारलाई गलत प्रचार गरेर भ्रममा पारिरहेको बताउँदै उहाँले स्पष्ट अवधारणासहित जनतालाई सुसूचित गर्नुपर्ने आवश्यकता भएको उल्लेख गर्नुभयो ।

यसैबीच महासचिव ईश्वर पोखरेलले सौराहामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा भारतले नाकाबन्दी लगाएर गम्भीर गल्ती गरेको उल्लेख गर्दै मधेशवादी दलले जनतालाई दुःख दिएर गरेको आन्दोलनको कुनै तुक नभएको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ