धरान, २२ मंसिर ।
भारतको बीरपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले ५२ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । सुनसरीको भन्टाबारी हुँदै कामको लागि भारतको पटना हिँडेका ५२ जना नेपालीलाई आज विहान भारतको सुपौल जिल्लास्थित वीरपुरबाट एसएसबीले नियन्त्रणमा लिएको हो ।
उनीहरु उदयपुर, सप्तरी र रामेछाप जिल्लाका छन् । उक्त जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली बीरपुर पुगेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले भने एसएसबीले पक्राउ नगरेको दाबी गर्नुभएको छ । उहाँले ठूलो संख्यामा नेपालीहरु हिँडिरहेको देखेर सोधपुछका लागि एसएसबीले रोकेर नेपाल प्रहरीलाई खबर गरेको उहाँले जानकारी गराउनु भयो ।
उक्त समूहमा ३३ जना पुरुष र १९ जना महिला रहेको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयराज शर्माले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline