नाका यसरी खुल्दै जान सक्छ ….

नाका यसरी खुल्दै जान सक्छ ….

  • मङ्लबार, मंसिर २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

मंसीर २२ काठमाण्डौं । सोमबार भारको माथिल्लो सदन राज्य सभामा बोल्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले ईस्वरले चाहे पाच दिन भित्रै नाका खुल्ने बताईन् । तर त्यस्तो ईस्वर वा ईस्वरीण गुण कसमा छ त्यो उनले स्पष्ट पारीनन् ।
तर भारत भित्रै राज्य सभाका सदस्यहरुको चर्को आलोचना, अन्तराष्ट्रिय क्षेत्रको दवाव , नेपाल भित्र चौतर्फी भारत विरुद्ध बढेको जनमत आदि कारणले संकटमा परेको भारतले कुनै उपायद्धारा नाका सहज पार्ने संकेत दिएको छ ।
तर यसका लागि भारत सोझै नाका मात्र खोलेर पराजीत भएको महसुस गर्न नचाहने एक विज्ञ बताउछन् ।
यस्तोमा सिमाकंन सहितका विषयमा सरकार र मधेशी मोर्चाबीच मध्यमार्गी उपायबाट सम्झौता गराउने र त्यस पछि नाकामा रहेको मधेशी मोर्चाको धर्ना रोके पछि नाका खुलाउने भारतको तयारी देखिएको छ ।
अब बिस्तारै नाका सहज पार्ने उपायको खोजीमा भारत रहेको विज्ञहरुको अनुमान छ ।
भारतको नाकाबन्दी लम्बिए चीनको भूमिका बढ्ने र भारत टाढिने भन्दै चौतर्फी रुपमा भारतमा विरोध भईरहेका कारण पनि मोदी सरकार नया उपायको खोजीमा रहेको देखिन्छ ।
महिनौदेखि नाकाबन्दी कायम रहदा नेपालको जनजीवन निकै प्रभावित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ