भारतीय प्रमलाई मानवअधिकारकर्मीको पत्र

भारतीय प्रमलाई मानवअधिकारकर्मीको पत्र

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

२१ मङ्सिर । मानवअधिकार तथा शान्ति समाज नेपालले नेपालमाथि भारतले लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रहसहित हजारौँ नेपालीले हस्ताक्षर गरेको अनुरोध पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दूतावासमार्फत बुझाएको छ ।

विश्व मानवअधिकार दिवसका अवसरमा मङ्सिर १८ गतेदेखि आजसम्म सङ्कलन गरिएको हस्ताक्षर समाजले आज दूतावासमा बुझाएको हो । समाजले काठमाडौँका नयाँ सडक, रत्नपार्क, वसन्तपुर, चाबहिललगायतका विभिन्न स्थानमा हस्ताक्षर सङ्कलन गरेको हो ।

‘सत्सठ्ठिआँै विश्व मानवअधिकार दिवसका सन्दर्भमा हामी नाकाबन्दी मानवअधिकारमाथि कुठाराघात हो भन्ने सत्य महामहिमलाई स्मरण गराउँदै भारतले नेपालमाथि लगाएको नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गर्दछौँ’ भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई सम्बोधन गरी लेखिएको पत्रमा हजारौँ नेपालीले हस्ताक्षर गरेको समाजका सभापति गङ्गाधर अधिकारीले जानकारी दिनुभयो ।

मानवअधिकार दिवसका सन्दर्भमा समाजले नाकाबन्दीविरुद्धका अन्य कार्यक्रम जारी राखेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ