मधेस समस्या समाधानमा भेला फलदायी हुने नेता नेपालको विश्वास

मधेस समस्या समाधानमा भेला फलदायी हुने नेता नेपालको विश्वास

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

चितवन, २१ मङ्सिर ।

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसको समस्या समाधान गर्न सौराहामा हुन गइरहेको विशेष भेला फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आज चितवनको रत्ननगरस्थित सौराहामा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै वरिष्ठ नेता नेपालले तराई केन्द्रित भेलाको मूल उद्देश्य पनि मधेसका समस्याको समीक्षा गरेर साझा धारणा तय गर्नु भएकाले आफू आशावादी भएको बताउनुभयो ।

मधेस केन्द्रित दलले उठाएको विषयमा एमालेसहितका अन्य दलको साझा धारणा आइसकेको उल्लेख गर्दै नेता नेपालले समानुपातिक समावेशी सिद्धान्त र निर्वाचन क्षेत्र निर्धारणका विषयमा नेपाली काँग्रेसको सरकारको पालामा आएको संशोधन प्रस्ताव अगाडि बढाइने बताउनुभयो । सीमाङ्कनमा राजनीतिक सहमतिका आधारमा अघि बढ्ने भन्ने धारणामा मधेसका आन्दोलनरत दलले सहमति जनाउनुपर्ने नेता नेपालको भनाइ थियो ।

तराई भेलाले के निष्कर्ष निकाल्छ त भन्ने पत्रकारको जिज्ञासामा नेता नेपालले तराईका समस्या समाधान गर्ने गरी भेला अघि बढ्ने र समस्या समाधानमा एकीकृत धारणा तय हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताले भोग्नुपरेका कष्टलाई बुझेर आन्दोलन फिर्ता लिई दिन आन्दोलनरत पक्षलाई आग्रहसमेत गर्नुभयो । उहाँ आइतबारदेखि चितवनमै हुनुहुन्छ ।

अब केहीबेरमै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु हुने एमाले तराई भेलाको उद्घाटन गर्दै हुनुहुन्छ । नेकपा (एमाले) केन्द्रीय कमिटीको आयोजना तथा जिल्लाको व्यवस्थापनमा उक्त भेला हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ