संसद बैठक आज पनि अबरुद्ध

संसद बैठक आज पनि अबरुद्ध

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं २१ मंसिर ।

व्यवस्थापिका संसदको बैठक सोमबार पनि अबरुद्ध भएको छ । मधेसी मोर्चाका सांसदहरुले बैठक अबरुद्ध पारेका हुन् ।

बैठक सुरु भएलगत्तै आ आफ्नो स्थानबाट उठेर मोर्चामा आबद्ध दलका सांसदहरुले नाराबाजी गरेका थिए ।

आजको बैठकमा संविधान संशोधन प्रक्रिया सुरु गर्ने कार्यसूची भए पनि अवरोधका कारण हुन सकेन । संसद बैठक मंसिर २४ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको वार्षिक प्रतिवेदन, २०७२ सदनसमक्ष पेस गर्ने र नेपालको संविधान (पहिलो संशोधन), २०७२ प्रस्तुत गर्ने कार्यसूची थियो ।

यसअघि , लामो समयदेखि अवरुद्ध रहेको व्यवस्थापिका–संसद्को बैठक खुलाउने विषयमा प्रमुख दलका शीर्षनेताहरुबीच छलफल भएको थियो ।

सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफलमा लामो समयदेखि सदनमा जारी अवरोध खुलाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।

तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण सदन अवरुद्ध हुँदै आएको छ । संयुक्त मधेसी मोर्चालाई पनि विश्वासमा लिएर सदन खुलाउने विषयमा छलफल भएको बताइएको छ ।

सभामुखका निजी सचिव सुरजकुमार दुराले प्रमुख दलका शीर्षनेताहरुबीच सदन खुलाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट नेता महेश आचार्य र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । काँग्रेस सभापति कोइराला राजधानीबाहिर रहनुभएकाले छलफलमा सहभागी हुन सक्नुभएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ