एमालेको राष्ट्रिय भेला सौराहामा सुरु

एमालेको राष्ट्रिय भेला सौराहामा सुरु

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

चितवन, २१ मङ्सिर ।

नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय भेला चितवनको सौराहामा आजदेखि सुरु भएको छ । भेलामा तराई मधेसका २२ जिल्लाका अगुवा कार्यकर्ता, केन्द्रीय नेता तथा स्थायी समितिका सदस्यहरुको सहभागिता छ ।

अबको केहीबेरमा औपचारिक रुपमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । तराईका २० जिल्ला र अन्य केही जिल्लासमेत गरी दुई दर्जन जिल्लाका अगुवा कार्यकर्ता सौराहामा भेला भएका छन् । भेलाले तराई मधेसबारे पार्टी नीति तय गर्ने र सीमाङ्कनमा देखिएको विवादको समेत साझा निकास खोज्ने अपेक्षा गरिएको छ ।

भेलामा करिब २७५ जनाको उपस्थिति रहने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । भेलामा पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल र सचिव प्रदीप ज्ञवालीले तीनवटा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । महासचिवका तर्फबाट पार्टी नीति, संविधान निर्माणमा एमालेले खेलेको भूमिका र आगामी रणनीतिबारे प्रतिवेदन प्रस्तुत हुनेछ भने उपमहासचिव भुसालबाट समग्र मधेस एवम् नेपालको भू–राजनीतिक स्थिति, नेपालको राज्य निर्माण प्रक्रिया, अन्तर्राष्ट्रिय स्थितिबारे प्रतिवेदन प्रस्तुत हुनेछ ।

सचिव ज्ञवालीले तराई मधेसको सामाजिक आर्थिक संरचना र पार्टीले लिनुपर्ने नीतिबारे अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ । भेलामा सहभागीलाई आठ समूहमा विभाजन गरी छलफल चलाइने उहाँले बताउनुभयो । दुई दिनसम्म चल्ने भेलामा तराई मधेसका नेता कार्यकर्ताबाट वस्तुगत स्थितिबारे अवगत गराउने काम हुनेछ । भेलाको निचोडसहितको चितवन घोषणापत्र बुधबार सार्वजनिक गरिने भट्टराईले बताउनुभयो ।

भेलापछि पार्टीले दुईमहिने अभियान सञ्चालन गरी संविधानका अन्तरवस्तु र पार्टीको धारणा गाउँगाउँमा पु¥याउने कार्यक्रम तय गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ