काठमाडौ २१ मंसिर ।
वैशाख १२ को विनाशकारी भूकम्पको सात महिना बितिसक्दा पनि भूकम्पको पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
यसैक्रममा आज बिहान दोलखा केन्द्र भएर भूकम्पको एउटा पराकम्प गएको छ । बिहान सात बजेर २७ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर चार रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गत सोमबार बिहान ६ बजेर १० मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
गोरखाको बारपाक केन्द्र भएर गत वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि हाल चार रेक्टर स्केल भन्दा माथिका चार सय १४ भन्दा बढी पराकम्प गइसकेको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
