संविधानका अन्तरबस्तुमा सुचित गराउन आजबाट अभियान थालिदै

संविधानका अन्तरबस्तुमा सुचित गराउन आजबाट अभियान थालिदै

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौँ, २१ मङ्सिर ।

नयाँ संविधानका बिषयमा जनतामा रहेको भ्रम चिर्न सरकारले आजदेखि मुलुकभर एक महिने राष्ट्रिय अभियान सुरु गर्दै छ ।

संविधानसभा मार्फत जारी भएको संविधानमा बिभिन्न नकारात्मक टिकाटिप्पडी भएको भन्दै सरकारले त्यसलाई स्पष्ट पार्न ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधान ः जनताकै माझमा’ नारा दिएर अभियान सन्चालन गर्न लागेको हो ।

राष्ट्रयसभागृहमा प्रधानमन्त्री केपी ओलीले एक समारोहकाबीच अभियानको सुभारम्भ गर्नुहुने छ । राष्ट्रिय अभियान ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा सञ्चालन हुने छ ।

मन्त्रिपरिषद्को मङ्सिर ८ गतेको निर्णय बमोजिम सरकारले सो अभियान मङ्सिर २१ देखि एक महिनासम्म सञ्चालन गर्न लागेको हो ।

जिल्ला सदरमुकाममा हुने सभा तथा मूल कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्तिलगायत सर्वसाधारण जनताको सहभागिता हुने र त्यहाँ संविधानका विशेषताबारे प्रकाश पारिने जनाइएको छ ।
त्यस्तै प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीगायत विशिष्ट महानुभावले भाग लिनुहुनेछ ।

संविधानका विशेषताका बारेमा पुस्तिका, पर्चा, फ्लेक्स प्रिन्टलगायत प्रचारका सामग्री वितरणको चाँजोपाँजो स्थानीय विकास मन्त्रालयले गर्ने छ ।

यसैबीच , संविधानको विशेषता मैथली, भोजपुरी, थारु र अवधी भाषामा समेत अनुवाद गरेर वितरण हुने बताइएको छ ।

अभियानका क्रममा समाजका हरेक वर्गका व्यक्तिलाई संविधान र यसका विशेषताका विषयमा सूसूचित गर्ने प्रयत्न हुने छ ।

अभियानको शुभारम्भका क्रममा सभागृहमा नेपालको संविधानको विशेषतासहितका बारेमा २० मिनेटको वृत्तचित्रसमेत प्रस्तुत गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ