सूचना माग्न सके भ्रष्टाचारमा कमी आउछ : आयुत्त पोखरेल

सूचना माग्न सके भ्रष्टाचारमा कमी आउछ : आयुत्त पोखरेल

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

चितवन, २० मङ्सिर ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले जनताले सूचना माग्न सके भ्रष्टाचारमा व्यापक कमी आउने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आज भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारी तबरबाट भएका हरेक गतिविधिको सूचना लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सूचना माग्नसके सूचना दिनुपर्ने डरले भ्रष्टाचार गर्ने आँटमा कमी आउँछ ।”

आयुक्त पोखरेलले सरकारी कार्यालयका प्रमुखलाई हरेक कार्यालयमा सूचना अधिकारी तोकेर भए गरेका गतिविधि सहज ढङ्गबाट उपलब्ध गराउन आग्रह गर्नुभयो । सूचना अधिकारीलाई पनि राष्ट्र र जनताप्रति उत्तरदायी भई सूचना दिन अनुरोध गर्नुभयो ।

सो अवसरमा आयोगका उपसचिव वेदनिधि अधिकारीले सूचनाको हकसम्बन्धी ऐन, सूचनाको हकसम्बन्धी सिद्धान्त, सार्वजनिक निकायको दायित्व, सूचना प्रवाह गर्न नपर्ने विषयहरुलगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा सहभागीले स्पष्ट नभएका विषयवस्तुका बारेमा आयुक्त पोखरेल र उपसचिव अधिकारीलाई जिज्ञासा राखेका थिए । सो अवसरमा जिल्लास्थित कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, कार्यालयका सूचना अधिकारी, पत्रकारलगायतको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ