मापसे गरी सवारी चलाउनेको जाँचमा कडाइ

मापसे गरी सवारी चलाउनेको जाँचमा कडाइ

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, २० मङ्सिर ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई निरुत्साहन गर्न छड्के जाँचलाई कडाइ गरेको छ । इन्धन अभावका कारण हरेक छ घन्टा मात्र मापसेमा कडाइ गर्दै आएको महाशाखाले १२ घन्टा कडाइ गर्न थालेको छ ।

महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पोषराज पोखरेलले जाँच नहुँदा धेरै दुर्घटना हुने भएकाले जाँचमा कडाइ गरिएको जानकारी दिनुभयो । उहाँले इन्धन अभाव र मापसे कडाइले पछिल्लो समयमा काठमाडौँ उपत्यकामा दुर्घटनाको संख्यामा कमी आएको बताउनुभयो ।

इन्धन अभावपछि उपत्यकामा बढी भाडा लिने ७९२ सवारी साधनलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । त्यसमध्ये साउनमा २२५, भदौमा २४४, असोजमा १८४, कात्तिकमा ५९ र मङ्सिरमा ८० सवारी साधन छन ।

काठमाडौँ उपत्यकामा गत महिनाको तुलनामा सवारी साधन आवतजावत संख्या बढेको छ । सार्वजनिक सवारी साधन ४० प्रतिशत र निजी सवारी साधन ५० प्रतिशत गुडेको महाशाखालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ