मोर्चाका शिर्ष नेता दिल्ली जाँदै

मोर्चाका शिर्ष नेता दिल्ली जाँदै

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ २० मंसिर । 

आन्दोलनरत मधेशी मोर्चा आवद्ध दलका थप दुई नेता आज दिल्ली जाँदैछन् । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर आज बिहान इन्डियन एयरलाइन्स्को उडानबाट दिल्ली जाने कार्यक्रम छ ।

मोर्चा आवद्ध दलका दुई नेता भने यसअघि हिजो नै दिल्ली गइसकेका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव गएराति ८ ः ५० बजे इन्डियन एयरलाइन्सको उडानबाट दिल्ली पुगेका हुन् ।

लामो समयदेखि तराई मधेशमा आन्दोलनरत मोर्चाको माग सम्बोधनका सम्बन्धमा सरकारी तथा दलीय तर्फबाट प्रयास भइरहेका बेला मोर्चाका शिर्ष नेताहरु दिल्ली जानुलाई चासोका रुपमा हेरिएको छ ।

भारत बसाईका क्रममा मोर्चाका नेताहरु भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गर्ने बताइएको छ ।

भारत सरकारको आमन्त्रणमा दिल्ली गएका नेताहरुले प्रधानमन्त्री मोदीसँग पनि भेट गर्ने बताइएपनि त्यस विषयमा तय भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ