भोलीदेखि निजि सवारी साधनले ईन्धन पाउने

भोलीदेखि निजि सवारी साधनले ईन्धन पाउने

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ, २० मंसिर ।

लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले इन्धन पाउने भएका छन् । नेपाल आयल निगमले भोलीदेखि निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ ।

तिहारपछि एक पटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न लागिएको निगमको दाबी छ । कालोबजारीबाट प्राप्त भएको इन्धनका कारण राजधानीमा सवारीको चाप बढीरहेका बेला त्यसलाई नियन्त्रण गर्न पनि निजी सवारीलाई इन्धन दिन लागिएको हो ।

निगमका थानकोट डिपो प्रमुख रविन शर्माले भोलीदेखि मोटरसाइकल, जिप, कारलाई दिन नै तोकेर इन्धन बिक्री गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलीदेखि पहिलो चार दिन राजधानीका विभिन्न पेट्रोल पम्पबाट मोटरसाइकललाई इन्धन बिक्री गरिनेछ भने त्यसपछिको अर्को चार दिन कार, जिपलाई दिइनेछ ।

त्यसपछि तालिका बनाएर आलोपालो प्रणालीका आधारमा निरन्तर निजी सवारी साधनलाई इन्धन बिक्री गरिनेछ । अत्यावश्यकीय सेवाअन्तर्गतका सवारी साधनलाई भने निगमले पेट्रोल पम्प नै तोकेर समानुपातिक तबरले इन्धन वितरण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी