ग्यास र उपभोग्य वस्तुको अभावले खाना पाक्न छोड्यो

ग्यास र उपभोग्य वस्तुको अभावले खाना पाक्न छोड्यो

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, १९ मङ्सिर ।

लामो समयसम्म खाना पकाउन ग्यास र उपभोग्य वस्तुको अभाव हुँदा घर व्यवहार चलाउनुपर्ने समस्या परेको भन्दै गृहिणी महिला सडकमा उत्रिएका छन् ।

आज गृहिणी महिला सङ्घले आयोजनामा माइतीघर मण्डलामा भेला भएका महिलाले समस्या सहज हुन्छ भन्दै लामो समय बितेकाले सरकार र आन्दोलनरत दललाई दबाब दिन सडकमा आउनुपरेको बताएका छन् ।

धापासीबाट दबाब ¥यालीमा सहभागी हुन आउनुभएकी ६० वर्षीया सीतादेवी श्रेष्ठले लामो समयदेखि ग्यास नपाउँदा परिवारका सदस्यलाई के खुवाउने, कसरी सामानको जोरजाम गर्ने भन्ने विषयले दिनरात सताउने बताउनुभयो । अर्की ६६ वर्षीया रीतादेवी सापकोटाले आवश्यक उपभोग्य सामग्री सहजीकरण गरी उपभोग्य वस्तुमा बढेको कालोबजारी रोक्न सरकारलाई आग्रह गर्नुभयो ।

खाद्यान्न, नुन तेलको मूल्य आकासिदै गएकाले भान्छा चलाउन समस्या परेको भन्दै गृहिणी महिला सङ्घको आयोजनामा आज १५ महिला समूहबाट माइती घर मण्डलामा भेला भएका महिलाले माइती घर मण्डलालाई एकै साङ्लोमा घेरेका थिए ।

दबाब कार्यक्रममा सहभागी शङ्खमूलकी विपना रेग्मीले बजारमा कालोबजारी बढेकोप्रति सरकार चुप लागेर बसेको र यसलाई नियन्त्रण गर्न केही कार्यक्रम नगरेकाले ¥यालीमा आएको बताउनुभयो । उहाँले गृहिणीलाई घरमा खाना पकाउने ग्यास नहुँदा बच्चालाई भोकै विद्यालय पठाउनु परेको गुनासो गर्नुभयो ।

गृहिणी महिला सङ्घकी अध्यक्ष विज्ञा तिमिल्सनाले अभाव भएको लामो समय बित्दा पनि सरकारले अत्यावश्यक वस्तुको सहजीकरण नभएकाले दबाब ¥याली आयोजना गरेको बताउनुभयो । उहाँले भारतले गरेको अघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण सबैतिर प्रभाव परे पनि सबैको ख्याल गर्ने महिलालाई घर चलाउन नै मुस्किल परेको बताउनुभयो ।

सरकारले इन्धनलगायतको सहज व्यवस्था तत्काल नगरे दबाबको कार्यक्रम बढाएर लाने बताउँदै भोलि नै राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ