काठमाण्डौ,१९ मंसिर ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफनो शिर्ष नेताको भारत भ्रमणबारे औपचारीक जानकारी गराएको छ । मुलुकको राजनीतिक घटनाक्रम र परिस्थितिबारे भारतका नेताहरुसँग छलफल गर्न चार शीर्ष नेता भारत जान लागेको मोर्चाले जनाएको छ ।
मोर्चाका शीर्ष नेताहरुद्धारा ले आज विज्ञप्ति जारी गर्दै जनतामा सरकार आफैंले वार्ता भाँड्न खोजेको आरोप लगाएको छ ।
भ्रम छर्न मात्रै सरकारले वार्ताको नाटक गरेको आरोप लगाएका छन् । वार्ता प्रक्रिया चलिरहेका बेला सर्लाहीको नवलपुरमा मंसिर १७ गते प्रहरीले दमन गरेको र घटनामा एकजनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको मोर्चाले जनाएको छ ।
मधेसी मोर्चाका शीर्ष नेताहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ(‘जनतामा भ्रम छर्न सरकारले वार्ताको नाटक गरे पनि शान्तिपूर्ण आन्दोलनमा दमन गरी सरकारले नै वार्ता भाँड्न खोजिरहेको हाम्रो ठहर छ ।’
नवलपुरमा आयोजित विरोध सभामा राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा भएको तोडफोड तथा आगजनीको घटनाप्रति पनि मधेसी मोर्चाले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै मोर्चाले मानवअधिकारको रक्षा र सम्मानप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएको छ । मधेसी मोर्चाले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे विचार आदान(प्रदान गर्न चार नेता आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमार्फत औपचारिक रुपमा जनाएको छ ।