रुपन्देही, १९ मङ्सिर ।
उपप्रधानमन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि बिग्रिएकाले भारत छिटै नाकाबन्दी खोल्न बाध्य हुने बताउनुभएको छ ।
यहाँ आज आयोजित साक्षात्कारमा उहाँले बिनाकारण नाकाबन्दी लगाएकाले नाकाबन्दी खोल्न भारतलाई भारतीय नागरिकलगायत अन्तर्राष्ट्रिय जगत्बाट समेत व्यापक दबाब बढेकाले भारतले छिट्टै नाकाबन्दी खोल्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि भारतसँग मात्रै निर्भर रहेको नेपालको व्यापार अवका दिनमा अन्य मुलुकसँग पनि विस्तार गर्ने गरी सरकारले गृहकार्य गरिरहेको जानकारी उहाँले दिनुभयो ।
नेकपा(माले)का महासचिव मैनालीले भन्नुभयो– “तीनतिरबाट घेरिएको छिमेकी मुलुकले भन्सार रोक्नु भनेको मान्छेको घाँटी थिच्नु जस्तै हो ।”
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline