मंसीर १९ काठमाण्डौं । शुक्रबारको औपचारीक वार्ता स्थगित भए पछि आज तीन दलका शीर्ष नेता र मधेशी मोर्चाका नेताहरुकाबीच अनौपचारीक छलफल हुदै छ ।
अपराहन्ह साढे ३ बजे ललिपतुर स्थित होटल हिमालयमा छलफल हुन लागेको हो ।
हिजो वालुवाटारमा वार्ता हुने भनिए पनि मधेशवादी दलका नेताहरु भारतीय दुतावास गए पछि वार्ता हुन सकेको थिएन ।
आईतबार मधेशी मोर्चाका केही नेताहरु दिल्ली जाने भएका कारण सहमतिको प्रयासका लागि अनौपचारीक गृहकार्य स्वरुप यो पछिल्लो छलफल हुन लागेको बुझिएको छ ।
छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली , काग्रेस सभापति शुसील कोईराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तमलोपा, सद्भावना, संघीय समाजवादी फोरमका शीर्ष नेताबीच कुराकानी हुने तय भएको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline