उपभोक्ता ठगी गर्ने सात पेट्रोल पम्पको बिक्री वितरणमा रोक

उपभोक्ता ठगी गर्ने सात पेट्रोल पम्पको बिक्री वितरणमा रोक

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

बनेपा, १९ मङ्सिर ।

बिभिन्न उपकरण जडान गरि उपभोत्ता ठगि गर्दै आएक सात वटा पेट्रोल पम्पबाट ईन्धन विक्रि वितरणमा रोक लगाईएको छ । काभ्रेपलाञ्चोकमा उपकरण जडान गरी उपभोक्ता ठगी गर्ने पेट्रोल पम्पको सङ्ख्या सात पुगेको हो ।

अनुगमनको क्रममा पछिल्लो समय भकुण्डेमा रहेको पशुपति आयल स्टोरमा मिटर नै नघुमेको पाइएपछि उपभोक्ता ठगी गर्ने पम्पको सङ्ख्या सात पुगेको र उनीहरु सबैको बिक्री वितरण रोक्का भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काभ्रेपलाञ्चोकमा रहेका पेट्रोल पम्पको थप अनुसन्धान गर्न नेपाल गुणस्तर तथा नापतौल विभागको क्षेत्रीय कार्यालय, हेटाँैडालाई जिम्मेवारी तोकिएको छ ।

केही दिनमा नै परिणाम आउन सक्छ उहाँले भन्नुभयो । विभागले सिलबन्दी गरी बिक्री वितरण रोक्का गरेको पम्पमा बनेपाको उग्रचण्डी आयल स्र्टोस, माता उग्रचण्डी आयल स्र्टोस, पाँचखालको पाँचखाल आयल स्टोर, माता पलाञ्चोक फ्युल सेन्टर, पनौती जय अम्बे र जनागालको नारायण आयल स्टोर रहेका छन् ।

यता पम्पको ठगी प्रकरणले काभ्रेपलाञ्चोकमा आउने तेलको परिणाममा कटौती भएको छ ।

दैनिक ३५ देखि ४० हजार लिटर डिजेल आएको जिल्लामा अहिले दैनिक १२ हजारदेखि १८ हजार लिटरसम्म डिजेल आएको पेट्रोलियम डिलर्स एसोसियसन काभ्रेपलाञ्चोकका उपाध्यक्ष अमुल तौजलेले जानकारी दिनुभयो ।

उहाँले कारबाहीमा परेका पम्पलाई आउने तेल अन्य पम्पलाई दिन नमिल्ने भएका कारण पम्पमा तेल कटौती भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी