अज्ञात समुहले अन्नपुर्ण पोष्ट जलायो ।

अज्ञात समुहले अन्नपुर्ण पोष्ट जलायो ।

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ, १९ मंसिर । 

अन्नपूर्ण पोस्ट् दैनिकको आजको अंक अज्ञात समूहले जलाइदिएका छन् । राजधानीको ठमेलरसोह्रखुट्टेमा बिक्रिवितरणका लागि राखिएको पत्रिका आगो लगाएर जलाइदिएका हुन् ।

विक्रीका लागि राखिएको करीब ३ सय पत्रिका अज्ञात समूहले चौरीमा लगेर जलाइ दिएको सोह्रखुट्टेका अन्नपूर्ण डिस्प्याच इन्चार्ज रमेश अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, बिहान ३ बजे नै ठमेल र सोह्रखुट्टेमा अन्नपूर्ण पत्रिका गाडीले झारिसकेको थियो, लगत्तै हामी त्यहा पुग्दा विक्रीवितरणको पत्रिका आगो लगाएर जलाइ सकिएको रहेछ ।’

पत्रिका ओराल्ने ठाउँभन्दा केही पर चौरीमा लगेर पुरै जलाएको अवस्थामा भेटिएको छ । अधिकारीका अनुसार पत्रिका जलाइएकोबारे प्रहरीमा खबर गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ