काठमाडौ १९ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका शीर्ष नेताहरू भोली नयाँ दिल्ली जाने भएका छन् ।
मोर्चासँगको वार्ताका लागि प्रमुख दलले प्रयास गरिरहेका बेला भारत सरकारको निमन्त्रणामा मोर्चा आवद्ध चार दलका अध्यक्षहरु देल्ली जान लागेको काठमाडौंस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महँथ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महत्तो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव दिल्ली जाने तयारी भएको छ ।
भ्रमणका क्रममा मोर्चाका नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग बैठक तय भएको बताइएको छ । मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेट गर्ने छन् ।