मुख्य तीन दल र मोर्चाबीच आज वार्ताको तयारी

मुख्य तीन दल र मोर्चाबीच आज वार्ताको तयारी

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ १९ मंसिर ।  मुख्य तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज वार्ता हुदैछ ।

मधेश समस्या समाधानका लागि प्रमुख तीन दलले तयार पारेको तीन बुँदे साझा धारणाका विषयमा मोर्चासँग छलफल हुन लागेको हो ।

वार्ताका लागि समय र स्थान भने तय भइसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्नसम्म मोर्चासँग वार्ता गर्ने तयारी गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

छलफलका लागि हिजो बोलाइए पनि मोर्चाका नेताहरु बालुवाटार नगएर भारतीय दुतावासमा राजदुतसागको छलफलमा व्यस्त भएपछि तीन दलसँग हुने भनिएको वार्ता स्थगित गरिएको थियो ।

तीन दलका तर्फबाट वार्ताको समय र स्थानबारे जानकारी नआएपनि दिउँसोसम्ममा वार्ता हुने मोर्चा आवद्ध दल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

आजको वार्तामा मोर्चाका शिर्ष नेताहरु सहभागी हुने कर्णको भनाई छ । मोर्चाका नेताहरु भोली दिल्ली जाने तयारीमा रहेकाले आज तीन दलसँग वार्ताको तयारी भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ