काठमाडौ १९ मंसिर । नयाँ संविधानको बारेमा नेकपा एमाले चितवनले जिल्लामा चार महिने विशेष अभियान सुरु गरेको छ ।
अभियानका क्रममा नयाँ संविधानका उपलब्धिको जानकारी दिने र पार्टीको नवौँ महाधिवेशनको निर्णय, एकता र आत्मनिर्भरता लगायतका विषयमा कार्यकर्तालाई जानकारी गराइने एमाले चितवनका इन्चार्ज कृष्ण खनालले जानकारी दिनुभयो ।
अभियान आगामी फागुनसम्म चलाइने छ । अभियानअन्तर्गत सामाजिक सद्भाव र पार्टीको नीतिबारे समेत कार्यकर्तालाई प्रशिक्षित गराइने बताइएको छ ।
साथै स्थानीय क्षेत्रमा भएका विकासका कार्यक्रम तथा सङ्गठन सुदृढीकरणका विषय समेत अभियानमा समावेश गरिएको एमाले चितवनले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline