मोर्चाका नेताहरु भारतीय दूतावासमा पुगेपछि बार्ता स्थगित

मोर्चाका नेताहरु भारतीय दूतावासमा पुगेपछि बार्ता स्थगित

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १८ मंसिर ।

प्रमुख तीन दलले आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग सहमतिका लागि तीन बुँदे साझा प्रस्ताव तयार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले मधेसी मोर्चाका मागबारे साझा प्रस्ताव तयार पारेको हो ।

बैठकले प्रदेशको सिमांकन राजनीतिक समिति गठन गरि तीन महिनामा टुंगो लगाउने र संविधानमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । तीन दलले समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारणबारे अघिल्लो सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

यस्तै उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिन मधेशी मोर्चालाई आग्रह समेत गरेका छन् ।

यसैबीच, बालुवाटारको बैठक छाडेर मोर्चाका नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादव भारतीय दूतावास लैनचौर पुगपछि आज हुने भनिएको निर्णायक वार्ता पनि स्थगित भएको छ । सत्तारुढ एमाले, एमाओवादी र राप्रपा नेपाल तथा प्रमुख विपक्षी कांग्रेसका शीर्ष नेताहरुले बालुवाटारमा साँझ अबेरसम्म पर्खेपनि मोर्चाका नेताहरु उपस्थित भएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ