काठमाण्डौ, १८ मंसिर ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित प्रमुख तिन दलको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मोर्चासँग तय भएको वार्ताबारे छलफल भइरहेको एक नेताले जानकारी दिएका छन ।
आजै साँझ ६ बजे आन्दोलनरत मधेसी मोर्चासँग तय भएको वार्ताबारे छलफल गर्न एमाले ,एमाओबादी र काग्रेसबिच बैठक बसेको हो । बैठकमा तीन दलका प्रमुख नेताहरु सहभागी छन ।
आजको वार्तालाई निर्णायक बनाउने दलहरुको तयारी छ । मधेसी मोर्चासँगको सहमतिमा संविधान संशोधन विधेयक अघि बढाउने र सीमांकन विवाद राजनीतिक वा संसदीय समितिबाट टुंग्याउनेबारे मुख्य तीन दलले साझा धारणा बनाएपछि मोर्चासँग वार्ता हुन लागेको हो ।
अघिल्लो सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई तत्काल पारित गर्ने र सीमा परिवर्तनका मुद्दालाई संसदीय या राजीतिक समितिमार्फत टुंग्याउने गरी तीन दलले साझा धारणा बनाएका हुन् ।