सिरहामा मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए

सिरहामा मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

सिरहा , १८ मङ्सिर ।

सिरहाको महेशवारीमा मधेसी मोर्चाका कार्यकर्ताले आज ग्यास सिलिन्डर बोकेको एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

महेशवारीस्थित इलाका प्रहरी कार्यालय अगाडि लहान–डाठी सडक खण्डमा ज ६ प ५६८९ नम्बरको पल्सर मोटरसाइकलमा आगजनी गरी उनीहरुले पूूर्णरुपमा क्षति पु¥याएका छन् ।

मोटरसाइकलमा भारतीय बजार लौकहाबाट ग्यास सिलिन्डरमा भरेर ल्याउने क्रममा चार÷पाँच जनाको समूूहमा रहेका व्यक्तिहरुले मोटरसाइकल रोकेर आगजनी गरेको पीडित सप्तरी हरिपुरका श्रीराम साहले जानकारी दिनुुभयो ।

पीडित साहले भन्नुुभयो, ‘ग्यासको व्यापारी हो भन्दै मोटरसाइकल रोक्यो । म व्यापारी हैन, घरका लागि ग्यास लाँदैछुु भन्दाभन्दै गाडीको पेट्रोल पाइप खोलेर आगो लगाएर उनीहरु भागे ।’ आगजनी गर्नेहरुलाई चिन्न नसकेको उहाँले बताउनुुभयो ।

यता, इलाका प्रहरी कार्यालय महेशवारीले मोटरसाइकल जलाएको आशङ्कामा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजलाल यादबका गाडी चालक अजय यादबलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ