मुख्य तिन दलको बैठक बालुवाटारमा सुरु

मुख्य तिन दलको बैठक बालुवाटारमा सुरु

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, १८ मंसिर ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित प्रमुख तिन दलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मोर्चासँग तय भएको वार्ताबारे छलफल भइरहेको एक नेताले जानकारी दिएका छन ।

आजै साँझ ६ बजे आन्दोलनरत मधेसी मोर्चासँग तय भएको वार्ताबारे छलफल गर्न एमाले ,एमाओबादी र काग्रेसबिच बैठक बसेको हो । बैठकमा तीन दलका प्रमुख नेताहरु सहभागी छन ।

आजको वार्तालाई निर्णायक बनाउने दलहरुको तयारी छ । मधेसी मोर्चासँगको सहमतिमा संविधान संशोधन विधेयक अघि बढाउने र सीमांकन विवाद राजनीतिक वा संसदीय समितिबाट टुंग्याउनेबारे मुख्य तीन दलले साझा धारणा बनाएपछि मोर्चासँग वार्ता हुन लागेको हो ।

अघिल्लो सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई तत्काल पारित गर्ने र सीमा परिवर्तनका मुद्दालाई संसदीय या राजीतिक समितिमार्फत टुंग्याउने गरी तीन दलले साझा धारणा बनाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ